काठमाडौं । निलिम्बत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा डेढ घण्टादेखि महाअभियोग सिफारिस समितिका सदस्यलाई कुर्नु परेको छ । समितिले बयानका लागि डाकेपछि सिंहदरवारस्थित महाअभियोग सिफारिस समितिको कार्यालय पुगेका जबरा डेढ घण्टादेखि सांसद कुरेर बसेका हुन् । बयानका लागि ११ बजे बोलाएका समिति सदस्य सांसदहरु नआउँदा जबरा उनीहरुलाई पर्खेर बस्नुपरेको हो । गत १ फागुनमा जबराविरुद्ध सत्तारुढ…