काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाटै प्रतिनिधिसभा निर्वाचन लड्ने बताएका छन् । कास्की-१ मा समेत उनलाई उम्मेदवार बनाउनुपर्ने भन्दै आवेदन परेपछि थापाले आफ्नो उम्मेदवारीबारे धारणा सार्वजनिक गरेका हुन् । आफूप्रति देखाएको सद्भावका लागि धन्यवाद दिँदै थापाले फेसबुकमा लेखेका छन्, ‘कास्की क्षेत्र नं.१ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधिसभा…