काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । ललितपुरको हात्तीवनस्थित प्रचण्डको भान्जाको घरमा भएको भेटमा आगामी आम निर्वाचनमा मोर्चा बनाएर एकै चिह्नमा चुनाव लड्ने प्रस्ताव गरेका छन्। छलफलमा बाबुरामले गरेको मोर्चा निर्माणसम्बन्धी प्रस्तावमा सकारात्मक रहेको बताउँदै प्रचण्डले यसबारे…