प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिपत्रमा हस्ताक्षर हुँदै

काठमाडौं  । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी भएको सहमतिपत्र तयार गरिँदै छ ।  बालकोटमा एमाले, माओवादी, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमतबीचको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो । अहिले सहमतिपत्र तयार भइरहेको छ ।  ‘प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । यसको ड्राफ्ट तयार हुँदैछ,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए…