अमेरिकी सहायक विदेश मन्त्री ट्रुडो भोलि नेपाल आउँदै

काठमाडौँ । अमेरिकी सहायक विदेश मन्त्री एलिजावेथ केनेडी ट्रुडो बुधबार नेपाल आउँदै छिन् । अमेरिकी विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै उनको नेपाल भ्रमण हुन लागेको जनाएको हो। उनले अमेरिकी सरकारको तर्फबाट विश्वव्यापी सार्वजनिक मामिला हेर्दै आएकी छन्। नेपालमा रहँदा मन्त्री ट्रुडोले सरकारी अधिकारी, नागरिक समाज, विदेशी मिडिया आउटलेटहरू, प्रेस, पत्रकार र कूटनीतिज्ञसँग भेट गर्नेछन्।…