बलायर कैलाली ४ बाट उम्मेदवार उठ्न तयार, आलेलाई छाडे डोटी

धनगढी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने भएका छन्। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बलायरलाई कैलाली ४ र ५ मध्ये एक रोज्न भनेका थिए। आफूले कैलाली- ४ रोजेको बलायर बताए । ‘म पार्टीको सिपाही हुँ। जहाँबाट लड्न भन्यो, त्यहीँबाट लड्छु’, उनले भने,…