प्रहरीले संसदीय छानबिन समितिलाई बुझायो सीसीटीभीको ‘फरेन्सिक रिपोर्ट’

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले आर्थिक वर्ष २०७९/८० को बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गतेको सीसीटीभी फुटेजबारेको रिपोर्ट संसदीय छानबिन विशेष समितिलाई दिएको छ । स्रोतले दिएको जानकारी अनुसार प्रयोगशालाले सोमबार समितिलाई उक्त रिपोर्ट दिएको हो । सिलबन्द रहेको रिपोर्ट मंगलबार बिहान समितिको बैठकमा खोलिने स्रोतले बतायो । सिसिटिभी फुजेट…