समानुपातिकतर्फ ४८ वटै दलको बन्दसूची मिलेन, सच्याएर पठाउन आयोगको पत्राचार

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फको बन्दसूची सच्याउन दलहरूलाई पत्राचार गरेको छ । ४८ वटै दलले पेस गरेको बन्दसूची नमिलेको निर्वाचन आयोगले जनाएको छ । सबै राजनीतिक दलले पेस गरेको बन्दसूची कानूनी व्यवस्थाअनुसार नमिलेको भन्दै आयोगले दलहरुलाई कानूनी व्यवस्थाअनुसार सच्याउन पत्राचार गरेको हो । ‘कसैको क्लस्टर मिलेको छैन । कसैको नाम मिलेको छैन ।…