काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतीय सेनाको अग्निपथ कार्यक्रमअन्तर्गत गोर्खा सैनिकको भर्तीसम्बन्धी निर्णय चुनावअघि नहुने बताएको छ । साथै मन्त्रालयले ‘अग्निपथ भर्ती’ बारे चुनावपछि बन्ने नयाँ सरकारले निर्णय गर्ने पनि बताएको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अहिले उक्त विषय थाती राखिएको जनाएकी हुन् । भारतको अग्निपथ योजनामा नेपाली युवालाई पनि…