काठमाडौँ । ललितपुर जिल्ला सरकारी वकिल कार्यालयकी सहायक न्यायाधिवक्ता संगीता थोकरले महान्यायाधिवक्ता खम्मबहादुर खातीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छन्। सहायक न्यायाधिवक्ता थोकरले हेटौंडास्थित वाग्मती न्यायाधिवक्ताको कार्यालयमा गरिएको सरुवाको विरुद्धमा महान्यायाधिवक्ता खातीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी हुन् । थोकरलाई असार २ गते ललिलतपुरबाट हेटौंडा सरुवा गरिएको थियो । नाबालिका बलात्कार मुद्दामा कमजोर अभियोजनका लागि…