काठमाडौं । पदबाट राजीनामा दिएका संकृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले आफू ९० प्रतिशत सफल भएको दाबी गरेका छन् । पदबाट राजीनामा घोषणापछि मन्त्रालयमा आइतवार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा आलेले कार्यकाल कति सफल भयो भनेर कसैले सोधे आफ्नो उत्तर ९० प्रतिशत हुने बताए । आफूले एक्सन मन्त्रीको उपमा समेत पाएको भन्दै उनले भनेका छन्,…