काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्ने हल्ला नेपाली कांग्रेससँग बार्गेनिङका लागि चलाएको बताएको छ । सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रचण्ड लगायतका नेताहरूलाई एमालेले प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्ने हल्ला पनि सम्बन्धित पक्षहरूले कांग्रेससँग बार्गेनिङका…