काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले संगठन निर्माणसँगसँगै पढाइमा पनि अब्बल बन्न नेपाल विद्यार्थी संघका नेताहरुलाई आग्रह गरेका छन् । नेपाल विद्यार्थी संघको ५३ औं स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले पढाइमा फेल हुने अनि कसरी देशको नेता हुने भन्ने प्रश्न गर्दै देशको भविष्यकाे जिम्मेवारी नेविसंघकै नेताहरुको काँधमा आउने…