काठमाडौँ । सत्ता गठबन्धन आवद्ध दलहरूबीच मन्त्रालय भागबन्डाका विषयमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार प्रक्रिया लम्बिएको छ । बुधबार बसेको गठबन्धन दलका नेताहरूको बैठकमा दलहरूबीच मन्त्रालय भागबन्डा टुंगिएको बताइए पनि नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) को असन्तुष्टिका कारण मन्त्रिपरिषद् विस्तारको मिति अन्योलमा छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल…