कुलमानकाे उपस्थितिमा उज्यालो नेपाल पार्टी घोषणा मंसिर १७ गते

काठमाडौं । नवगठित उज्यालो नेपाल पार्टीले घोषणा सभा आयोजना गर्ने भएको छ । शुक्रवार पत्रकार सम्मेलन गरी काठमाडौंमा आगामी मंसिर १७ गते बुधवार सो सभा आयोजना गर्ने जानकारी गराइएको हो । काठमाडौंको प्रज्ञा भवनमा सो सभा आयोजना गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. राजु थापाले बताए । घोषणा सभाको प्रमुख वक्ता ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री…