गृहमन्त्री अर्यालको अभिव्यक्ति आपत्तिजनक : मीन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले गृहमन्त्री ओमप्रकाश अर्यालको पछिल्लो अभिवयक्तिप्रति आपत्ति जनाएका छन् । गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र कारागारबाट भागेका कैदी आगामी चुनावमा प्रयोग नगर्ने भनेर दलहरूले प्रतिबद्धता जनाउनुपर्ने भनेकोमा पार्टीको प्रचार विधाग प्रमुख विश्वकर्माले आपत्ति जनाएका हुन् । ‘यिनी गृहमन्त्री नै हुन् ? कि यिनको मुखबाट अरू कोही…