काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनहरू सर्वसम्मतले पारित भएको छ । गोदावरीको सनराइज हलमा ३ दिन बसेको विधान महाधिवेशनमा पार्टी अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायतले प्रतिवेदन प्रस्तुत गरेका थिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए ।…