पूर्वप्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि पाँच वर्षअघि सुनाएको संसद विघटन सहितका १३ वटा फैसलाको पूर्णपाठ नलेखेको आरोपमा सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । कानून व्यवसायी यज्ञमणि न्यौपानेद्वारा दायर उक्त रिटमा, २०७७ फागुन ११ गतेको प्रतिनिधिसभा विघटन बदर गर्ने आदेश २१ दिनभित्र सार्वजनिक हुनुपर्ने कानुनी व्यवस्था भए पनि अहिलेसम्म पूर्णपाठ उपलब्ध नभएको उल्लेख छ ।…