आन्दोलन कमजोर ठाने बढारिनुपर्ला : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी जेठ १५ गतेदेखि गरिने आन्दोलन निष्कर्षमा पुर्‍याएरै छाड्ने बताएका छन् । बिहीबार राजवादीले संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमा उनले आन्दोलन निष्कर्षमा पुर्‍याउने दाबी गरेका हुन् । आन्दोलनमा दमनको सहारा लिए बढारिनुपर्ने उनले चेतावनी समेत दिए । “यसलाई अन्देखा गर्नुभयो, दमनको सहारा लिनुभयो, कमजोर ठान्नुभयो भने…