काठमाडौँ । राप्रपासँग एकता गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू घर फर्किएको बताएका छन् । बुधबार काठमाडौँमा एक सभामार्फत दुई पार्टीको एकता घोषणा गरियो । उक्त सभालाई सम्बोधन गर्दै थापाले आफूले रमाइलो अनुभूति गरिरहेको बताएका हुन् । ‘घर फर्किँदा म रमाइलो अनुभूति गरिरहेको छु । तर, यो भिडमा केही व्यक्तिको अनुपस्थिति मलाई खड्किरहेको छ…