काठमाडौं । संघीय संसदका पाँच वटा समितिका बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार सबै समितिका बैठक सिंहदरवारस्थित परिसरमा बस्ने छन् । जसअनुसार आज अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफलले निरन्तरता पाउनेछ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुने जनाइएको छ।…