सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार आदेश आउने सम्भावना

पाेखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीतर्फका वकिलको बहस सकिएको छ । रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडीआइजी छविलाल जोशी,लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायत प्रतिवादी भएको मुद्दामा बिहीबार सरकारी वकिलको बहस रहेको छ । सरकारी वकिलको बहस सकिएपछि भोलि नै आदेश आउने सम्भावना रहेको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए ।…