सडक दुर्घटनामा कांग्रेस सुदूरपश्चिमका महामन्त्री शाह घाइते

काठमाडौं । सडक दुर्घटनामा परी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह घाइते भएका छन् । भारतस्थित खिरी जिल्लाको खुटारमा सडक दुर्घटनामा परी शाहसहित परिवारका अन्य ५ जना घाइते भएका हुन् । नियमित उपचारका लागि परिवारका सदस्यसहित धनगढीबाट नयाँ दिल्ली जाने क्रममा शाह चढेको भारतीय नम्बर प्लेटको कारलाई आज बिहान बसले ठक्कर दिएको थियो ।…