काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनलाई कांग्रेस सहमहामन्त्रीका छोरा रक्सी चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेको विषय प्रमाणित गर्न चुनौती दिएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसद गौतमले अध्यक्ष लिङदेनले लगाएको आरोपको खण्डन गरेकी हुन् । “कसैको राजनीतिक, सामाजिक प्रतिष्ठामा आँच आउने गरी गरिएको अभिव्यक्तिप्रति खेद व्यक्त…