शक्तिशाली आयोग नै बनाएर सबै नेताहरूको सम्पत्ति छानबिन गराैं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शक्तिशाली आयोग नै बनाएर सबै नेताहरूको सम्पत्ति छानबिन गर्न शीर्ष नेताहरूलाई सुझाव दिएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको आजकाे बैठकमा बोल्दै महामन्त्री थापाले आफू सरकारमा हुँदा फाइल नखोल्ने तर सरकारबाट बाहिरिएपछि ‘फलानो नेता भ्रष्टाचारी हो’ भन्दै हिँड्ने प्रवृत्ति बढेको भन्दै आयोग बनाएर सबै काण्डको छानबिन गर्न…