काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले समय सापेक्ष बनाउन संविधान संशोधनको नेतृत्व पार्टीले गर्ने बताएका छन् । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको र नेपाली कांग्रेस मधेस प्रदेश समितिको आयोजनामा शुक्रबारबाट वीरगञ्जमा सुरु भएको प्रदेश स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपसभापति खड्काले कांग्रेसले समानुपातिक र समावेशितालाई थप बलियो बनाउन चाहेको बताए…