काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विद्यालय शिक्षामै लोकतान्त्रिक गणतन्त्रबारे पढाउनुपर्ने बताएका छन् । पार्टीका विभागका सबै सदस्यहरूको विस्तारित भेला–बैठकलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गणतन्त्र प्राप्तिपछि केही पनि भएको छैन, भन्ने भ्रम चिर्नलाई पनि गणतन्त्र प्राप्तिपछि सामाजिक, सांस्कृतिक, आर्थिक, विकास निर्माण, शैक्षिक लगायतका क्षेत्रमा भएका उपलब्धिबारे जानकारी गराउन र…