काठमाडौं । आज संघीय संसदका तीन समितिको बैठक बस्दैँछ । तीनवटै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् । जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भने तीनवटा अजेन्डामा छलफल हुनेछन्…