काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूलाई लक्षित गर्दै धमिलो पानीमा माछा मार्ने दुस्साहस भइरहेकाे बताएका छन् । नेवाः राष्ट्रिय मुक्ति मोर्चाको खबरदारी सभालाई सम्बोधन गर्दै सरकारका गलत काम कारबाहीका कारण प्रतिगामी शक्तिहरूले षड्यन्त्र गर्न खोजेको बताएका हुन् । उनले भने, ‘तपाईँहरूले पनि साथ दिनुस्, अहिले प्रतिगामी षड्यन्त्र जो देखा पर्न खोजेको…