साँझ ८ बजे बस्ने मन्त्रिपरिषद्को आकस्मिक बैठकमा के निर्णय हुँदैछ ?

काठमाडौँ । सरकारले शुक्रबार राति मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको छ। बैठक साँझ ८ बजे बस्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेका हुन्। आज तीनकुने क्षेत्रमा राजावादी समूहले प्रदर्शन गरेका थिए, जसका क्रममा केही घर तथा सवारीसाधनमा आगजनी भएको छ। स्थिति नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा पारिएको छ। सडकमा नेपाली सेना परिचालन गरिएको छ ।…