काठमाडौं । नेवा: समुदायले आफूहरू राजसंस्थाको पक्षमा नरहेको बताएकाे छ । नेपाली कांग्रेस, एमाले, माओवादी, जसपाका नेवार नेताहरुले सामूहिक वक्तव्यमार्फत् यस्ताे प्रष्टीकरण दिएका हुन् । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रको पक्षमा निकालिएको सामूहिक वक्तव्यमा राजतन्त्रात्मक निरंकूश व्यवस्थाले मुलुकको विविधतालाई मेटाएर नेवाः लगायत अन्य समुदायलाई भाषिक, सामाजिक, सांस्कृतिक, आर्थिक रुपमा दमन गरेको उल्लेख…