हार्वर्ड विश्वविद्यालयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले के के भने ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हार्वर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्कबाट बोस्टन पुगेका प्रधानमन्त्री ओलीले हार्वर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका हुन् । ओलीले सम्बोधनका क्रममा हालै संसदद्वारा पारित सङ्क्रमणकालीन न्यायसम्बन्धी  प्रक्रियाले कानुनी उपचारलगायत पीडितको अधिकार र हितको रक्षा गर्ने बताएका छन् ।…