ओली गैरकानुनी रूपमा प्रधानमन्त्री नियुक्त भएका हुन् : सांसद दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहाल ‘राजन’ले एमाले अध्यक्ष केपी शर्मा ओली गैरकानुनी रूपमा प्रधानमन्त्रीमा नियुक्त भएको बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै दाहालले सर्वोच्च अदालतले गैरकानुनी नियुक्ति प्रक्रियालाई खारेज गर्ने विश्वास लिएको बताए । संविधानको धारा ७६ को २ अन्तर्गत बनेको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः धारा…