बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले राजीनामा दिएका छन् । मुख्यमन्त्री बन्नबाट बन्चित गरिएपछि गिरीले राजीनामा दिएका हुन् । गिरीले मुख्यमन्त्री बन्ने तयारी गरिरहेका बेला पार्टी महासचिव शङ्कर पोखरेलले हस्तक्षेप गरेर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाएपछि गिरी असन्तुष्ट रहेका थिए । गिरिले संसदीय विधि, पद्धतिभन्दा बाहिर गएर मुख्यमन्त्री नियुक्तिको निर्णय भएको…