काठमाडौं । एमाले बैठकमा पार्टीभित्र आर्थिक र यौन विचलनका घटनामा वृद्धि भएको विषयले प्रवेश पाएको छ । एमाले पोलिटब्युरो बैठकको पहिलो दिन महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीमा आर्थिक र यौन विचलनका घटना बढेको उल्लेख छ । पोखरेलले प्रतिवेदनमा ‘पार्टी जीवनको शुद्धिकरण’ शीर्षकमा नेता कार्यकर्ताको जीवनशैली र यौन आचरण सुधार हुनुपर्ने उल्लेख छ ।…