काठमाडौँ । कृषि क्षेत्रमा फाजिलमा रहेका कर्मचारीहरूले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा धर्ना दिएका छन् । उनीहरूले आइतबार बिहानै मन्त्रालय अगाडि धर्ना दिएका हुन् । कृषि मन्त्रालयमा समायोजन भएका कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएको भन्दै यसअघि मन्त्रालयका सचिव (कृषि विकास) डा. दीपककुमार खराललाई सामूहिक बिदा बुझाएका थिए । विगत १७ वर्षदेखि काम गरेका कर्मचारीको बढुवा…