करिब ४ घण्टा चल्याे प्रचण्ड र ओलीबीच वान टु वान वार्ता

काठमाडौँ । बिहान ९ बजेदेखि करिब ४ घण्टा चलेको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचकाे वार्ता सकिएकाे छ । वान टु वान वार्तापछि ओली केहीबेरअघि बालुवाटारबाट बाहिरिएका हुन् । दुई नेताबीच समसामयिक राजनीतिक विषय र सरकारका काम अझै प्रभावकारी बनाउनेबारे छलफल भएको प्रधानमन्त्रीकी स्वकीय सचिव गंगा दाहालले जनाएकी छन् ।…