काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीद्वारा दायर रिटमा आज फैसला आउन सक्ने बताइएको छ । हिजो सोमबार बहस नसकिएपछि ‘हेर्दाहेर्दैमा’ राखिएको थियो । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा भइरहेको बहसमा रिट निवेदकले जवाफ दिन बाँकी छ । सरकारका तर्फबाट कानुन व्यवसायीहरुले बहस गरिरहँदा न्यायाधीशहरूले पटकपटक संविधान सम्मत…