इजरायलको मोसाद हेडक्वार्टरमा इरानद्वारा मिसाइल प्रहार

काठमाडौं । इजरायल र इरानबिच पाँचौँ दिन पनि द्वन्द्व जारी छ । इरानले मंगलबार तेल अभिभमा रहेको इजरायलको गुप्तचर एजेन्सी मोसादको मुख्यालयमा हवाई आक्रमण गरेको छ । यसबाहेक सैन्य गुप्तचरसँग सम्बन्धित गुप्तचर एजेन्सी अमानको भवनलाई पनि निशाना बनाइएको छ । इजरायली हवाई आक्रमणमा इरानका शीर्ष सैन्य अधिकारी मेजर जनरल अली शादमानीको मृत्यु भएको बताइएको छ…