काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीज दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । जनमत सर्वेक्षणहरूमा निरन्तर पछि परे पनि उनले नेतृत्व गरेको लेबर पार्टीले अन्ततः चमत्कारपूर्ण जित हासिल गरेको हो । देशमा बढ्दो महँगी र आर्थिक कठिनाइले मतदाताहरूमा असन्तोष बढिरहेको बेला अल्बनीजले जनसमर्थन कायम राख्दै सत्ता दोहोर्याएका हुन् । शनिबार भएको मतदानमा अन्तिम मतदान…