भारतीय आक्रमण: २ बालबालिकासहित ७ पाकिस्तानीको मृत्यु, ३५ जना घाइते

काठमाडौं । भारतले गएराती गरेको हवाई आक्रमणबाट पाकिस्तानमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । पाकिस्तान आर्मी इन्टर-सर्भिस पब्लिक रिलेशन्स (आईएसपीआर) का महानिर्देशक अहमेद सारिफ चौधरीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारसंस्थाहरुले हालसम्म ३५ जना घाइते भएको जनाएका छन् । भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानमा आक्रमण गरेको जनाएको छ…