भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच कुराकानी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेका छन् । दुवै नेताले रुस र युक्रेनबीच जारी युद्धका बारेमा कुराकानी गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।  मोदीले पुटिनसँग कुराकानी गरेको जानकारी दिदै लेखेका छन्- 'राष्ट्रपति पुटिनसँग आज कुराकानी भयो । हामीले रूससँग विशेष र विशेषाधिकार प्राप्त साझेदारीलाई सुदृढ गर्ने उपायहरूबारे छलफल…