नाइजेरियामा डुंगा दुर्घटना हुँदा २० जनाको मृत्यु

अबुजा । मध्य नाइजेरियाको बेनु नदीमा शनिबार काठको डुंगा पल्टिँदा कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले आइतवार जानकारी दिएका छन् । स्थानीय अधिकारी मेल्भिन जेम्सले बेनु राज्यमा व्यापारीहरू साप्ताहिक बजारबाट फर्किंदै गर्दा डुङ्गा दुर्घटना भएको बताए । जेम्सले थपे, “त्यहाँ केही मानिसहरू अझै बेपत्ता छन्, । स्थानीय गोताखोरले खोजी तथा उद्धार कार्य जारी राखेको…