बंगलादेशको अन्तरिम सरकारलाई समावेशी बनाउन आग्रह

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बंगलादेशमा संसदीय चुनावको आह्वान गर्दै अन्तरिम सरकारलाई समावेशी बनाउन आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घका प्रमुखले महिला तथा अल्पसङ्ख्यक समुदायलाई निर्वाचनमा समावेश गरी सो आग्रह गरेका हुन् । “महासचिव गुटेर्रेसले अन्तरिम सरकारको समर्थनमा बंगलादेशमा शान्ति पुनःस्थापना गर्न संसदीय निर्वाचनको प्रयासलाई स्वागत गर्नुभएको छ” महासचिवका उप–प्रवक्ता फरहान हकले सोमबार…