संदिग्ध काश्मिर विद्रोहीद्वारा भारतीय वायुसेनाका कर्पोरलको हत्या

श्रीनगर । भारत प्रशासित काश्मिरमा एउटा सैन्य ‘एस्कर्ट’ मा संदिग्ध विद्रोहीहरूले आक्रमण गर्दा भारतीय वायुसेनाका एक सदस्यको मृत्यु भएको र अन्य चार जना घाइते भएको आधिकारिक विज्ञप्तिमा जनाइएको छ । विवादित काश्मिर क्षेत्रमा राष्ट्रिय निर्वाचनका लागि प्रचार भइरहेको छ । अज्ञात सङ्ख्यामा सशस्त्र आतङ्कवादीहरूले ‘एस्कर्ट’ मा आक्रमण गरेको वायुसेनाले विज्ञप्तिमा उल्लेख गरेको छ । उनीहरूले…