गान्धी परिवारले छोड्यो अमेठी, राहुल रायबरेलीबाट बने उम्मेदवार

काठमाडौँ । भारतमा जारी लोकसभा निर्वाचनमा भारतीय नेशनल कांग्रेसले उत्तर प्रदेशको चर्चित सिट रायबरेली र अमेठीका लागि उम्मेदवारहरूको नाम घोषणा गरेको छ । कांग्रेसले राहुल गान्धीलाई रायबरेली सिटबाट चुनावी मैदानमा उतारेको छ । रायबरेली सिटका लागि उम्मेदवारी दर्ता गर्ने अन्तिम मिति आज हो । राहुल गान्धीले रायबरेली सिटबाट चुनाव लड्ने यो पहिलो पटक हो ।…