भेनेजुएलाको राष्ट्रपतिमा तेस्रो पटक निकोलस मदुरो विजयी

काठमाडौँ । भेनेजुएलाका वर्तमान राष्ट्रपति निकोलस मदुरो आउँदो कार्यकालका लागि पनि निर्वाचित भएका छन् । आज बिहान सकिएको मतगणनामा मदुरो ५१ दशमलव २० प्रतिशत मत प्राप्त गरेर विजयी भएको समाचार संस्था रोयटर्सले जनाएको छ । राष्ट्रिय निर्वाचन परिषद्का प्रमुख एल्विस अमोरोसोले मदुरोले ५१ दशमलव २० र उहाँका मुख्य प्रतिस्पर्धी एडमन्डो गोन्जालेजले ४४ प्रतिशत मत पाएको…