नयाँदिल्ली । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारी मामिलामा दिल्ली उच्च अदालतले आज अर्थात् ९ अप्रिलमा फैसला सुनाउँदैछ । मुख्यमन्त्री केजरीवालले दिल्लीको कथित रक्सी घोटाला प्रकरणमा आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै याचिका दायर गरेका छन्। आफ्नो गिरफ्तारीसँगै केजरीवालले ईडीको हिरासतमा राख्ने आदेशलाई पनि चुनौती दिएका छन्। अदालतको वेवसाइटमा उपलब्ध जानकारी अनुसार न्यायाधीश स्वर्णकान्त शर्माको एकल इजलासले आज…