बंगलादेशमा विरोध प्रदर्शनमा पाँच सयभन्दा बढी पक्राउ

ढाका । बंगलादेशको राजधानी ढाकामा आरक्षणविरोधी प्रदर्शनमा केही विपक्षी दलका नेतासहित पाँच सय जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले सोमबार पुष्टि गरेको छ । प्रदर्शनमा कम्तीमा ५३२ जनालाई पक्राउ गरिएको ढाका मेट्रोपोलिटन प्रहरी प्रवक्ता फारुक हुसेनले बताए । पक्राउ परेकामध्ये केही बंगलादेश नेशनल पार्टी (बीएनपी) नेताहरू रहेको उनले जनाएका छन् । पक्राउ पर्नेमा बिएनपीका नेता अमिर…