अमेरिकी विदेशमन्त्री ब्लिन्केनद्वारा गाजाका लागि बन्धक प्रस्ताव र मानवीय सहायताबारे छलफल

तेल अवीव (इजरायल) । मध्यपूर्वको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको बैठकमा बन्धक प्रस्ताव र गाजामा मानवीय सहायता वितरणको बारेमा छलफल गरेका छन् । “विदेशमन्त्री एन्टोनीजे ब्लिन्केनले जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गरे । उनले गाजामा तत्काल युद्धविराम, सबै बन्धकको रिहाइ, र गाजाभरी मानवीय सहायता वितरणमा उल्लेखनीय र दिगो…